Kathmandu Press

बालेन–रवि छलफल जारी, अमरेशकुमार सिंह पनि पुगे

बालेन र रविको छलफल चलिरहँदा पूर्वसांसद अमरेशकुमार सिंह पनि त्यहाँ पुगेका छन्। 
बालेन–रवि छलफल जारी, अमरेशकुमार सिंह पनि पुगे

काठमाडौं, पुस १० : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच छलफल चलिरहेको छ।

बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा दुवै नेताबीच छलफल भइरहेको छ।

बालेन र रविको छलफल चलिरहँदा पूर्वसांसद अमरेशकुमार सिंह पनि त्यहाँ पुगेका छन्। 

मेयर बालेनले बुधबार रातिदेखि नै भेटघाटलाई तिब्रता दिएका छन्। उनले डा.भगवान कोइराला, भीम उपाध्यय, राप्रपा  नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउत, उज्यारो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, कांग्रेस नेता सुनील शर्मालगायतलाई भेटेका छन्।

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, पुस १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्