बालेनले कुलमानलाई भेटे
केहीबेरअघि ललितपुरको ज्वागलस्थित बालनका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच भेट भएको हाे। दुईबीच आगामी चुनावमा कसरी जाने भन्ने विषयमा छलफल भएको बताइएको छ।
काठमाडौं, पुस १० : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई भेटेका छन।
केहीबेरअघि ललितपुरको ज्वागलस्थित बालनका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच भेट भएको हाे। दुईबीच आगामी चुनावमा कसरी जाने भन्ने विषयमा छलफल भएको बताइएको छ।
नयाँ पार्टी खोल्ने तायरी गरिरहेका बालेनले बुधबार रातिमात्रै ३० भन्दाबढी व्यक्तिसँग छुट्टाछुट्टै छलफल गरेका थिए।
बालेनले चिकित्सक डा. भगवान कोइराला, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम, कलाकार निश्चल बस्नेत, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउतलगायतलाई भेटेका थिए।
बालेनले आजै रास्वपा सभापति रवि लामिछानेसँग भेट्ने बताइएको छ।
प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










