Kathmandu Press

छुट्टै पार्टी बनाउने बालेनको तयारी

बालेनले बुधबारमात्रै चिकित्सक डा. भगवान कोइराला, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम, कलाकार निश्चल बस्नेत, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउतलगायतलाई भेटेका छन्। 
छुट्टै पार्टी बनाउने बालेनको तयारी

काठमाडौं, पुस १० : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ पार्टी बनाउने तयारी थालेका छन्। सोही अनुसार बालेनले एकै दिन ३० भन्दाबढी व्यक्तिहरुसँग भेटेका छन्। 

बालेनले बुधबारमात्रै चिकित्सक डा. भगवान कोइराला, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम, कलाकार निश्चल बस्नेत, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउतलगायतलाई भेटेका छन्। 

Hardik ivf

राष्ट्रिय स्वतन्त्र पार्टीले बानेललाई ल्याउने प्रयास गरिहेका बेला उनले आफ्नै पार्टी बनाउने तयारी थालेका हुन्। केही दिनअघि मात्र बालेनसँग छलफल गरेका रास्वपा सभापति रवि लामिछानेले आज पनि बालेनसँग छलफल गर्दैछन्।

बालेनले उनीहरुसँग बेग्लाबेग्लै र सामूहक कुराकानीसमेत गरेको बताइएको छ। उनीहरुसँगको भेटमा बालेलने रविसँग भएको कुराकानीका बारेमा पनि बताएका थिए।

प्रकाशित मिति: १२:२० बजे, बिहीबार, पुस १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्