आइसोलेशनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ
रोल्पा जेठ ७ : रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका रोल्पा....

रोल्पा जेठ ७ : रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो। दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौंबाट उपचार गरी फर्किएका थिए। टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो।
हालसम्म जिल्लाबाट २२ जनाको पीसीआर परीक्षणका लागि पठाइएकामा १९ को नेगेटिभ रिपोर्ट आएको र तीन जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिए।
प्रकाशित मिति: १३:२८ बजे, बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











