Kathmandu Press

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान केन्द्रीय कारागार कार्यालय काठमाडौंमा कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेकामा जेनजी प्रदर्शनका क्रममा फरार भएका थिए। 
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

पर्सा, पुस ९ : पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मंगलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाएको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाको आधारमा केन्द्रीय कारागारबाट भागेका दुई जना कैदीलाई पक्राउ गरिएको जानकारी दिए। 

प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान केन्द्रीय कारागार कार्यालय काठमाडौंमा कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेकामा जेनजी प्रदर्शनका क्रममा फरार भएका थिए। 

त्यसैगरी गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार रहेका बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानुलाई पनि पक्राउ गरेर वीरगञ्ज कारागार बुझाएको छ। 

निज उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशले ५० हजार धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका कैदी हुन्।

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, पुस ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्