Kathmandu Press

सरकारी टाेली रास्वपा पार्टी कार्यालयमा

बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले वनस्थलीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो।
सरकारी टाेली रास्वपा पार्टी कार्यालयमा

काठमाडौं, पुस ९ : सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालयको अनुगमन गरेको छ ।

बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले वनस्थलीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो।

Hardik ivf

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहको उपस्थिति रहेको थियो।

आज नै सरकारी टोलीले जनमत पार्टी र राप्रपा पार्टी कार्यालयको समेत अनुगमन गरेको थियो।

प्रकाशित मिति: १५:५६ बजे, बुधबार, पुस ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्