Kathmandu Press

निर्वाचन फागुन २१ मै हुने गृहमन्त्रीको दाबी

‘अहिलेको सरकार मात्र होइन, मूलधारका राजनीतिक दलहरू पनि चुनाव गराउने तयारीमा जुट्नुपर्‍यो,’ उनले भने, ‘हाम्रो मूल रणनीति कुनै पनि अवस्थामा द्वन्द्व नदोहोरिन दिनु हो,’ उनले भने।
निर्वाचन फागुन २१ मै हुने गृहमन्त्रीको दाबी

सुर्खेत, पुस ९ : गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुने बताएका छन्। 

उनले सरकारले निर्वाचनको तयारी अघि बढाएको भन्दै निर्वाचनबारे धेरै आशंका नगर्न आग्रह गरे। 

Hardik ivf

गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा गृहमन्त्री अर्यालले देशमा फेरि द्वन्द्व दोहोरिन नदिनका लागि समेत तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको बताए।

‘अहिलेको सरकार मात्र होइन, मूलधारका राजनीतिक दलहरू पनि चुनाव गराउने तयारीमा जुट्नुपर्‍यो,’ उनले भने, ‘हाम्रो मूल रणनीति कुनै पनि अवस्थामा द्वन्द्व नदोहोरिन दिनु हो,’ उनले भने।

मुलुकको संकटपूर्ण अवस्थालाई सामान्यीकरण गर्दै शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भय प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी गरिएको उनको भनाई छ।

जेनजीका आन्दोलनका सहिद पहिचान गरी सबैको नामावली राजपत्रमा प्रकाशन गरिएको जनाउँदै उनले सहिद परिवारलाई राहत प्रदानमा सरकार केन्द्रित रहेको बताए। 

गृहमन्त्री अर्यालले समृद्धि, विकास र सुशासन कायमका लागि जेनजीपुस्तालाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने धारणा व्यक्त गरे। जेनजीपुस्ता दल विशेषको नभई सबैका साझा जनशक्ति भएकाले यो पुस्ताको सिर्जनशीलता र प्रतिभालाई राष्ट्र विकसमा उपयोग गर्नुपर्नेमा उनको जोड थियो। 
 

प्रकाशित मिति: १४:१० बजे, बुधबार, पुस ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्