Kathmandu Press

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश निर्वाचन अधिृकत नियुक्त

आयोगले कोशी प्रदेशमा भीमराज प्रसाईं, मधेशमा शुभनाथ पुरी, बाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई निर्वाचत अधिकृत नियुक्त गरेको छ। 
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश निर्वाचन अधिृकत नियुक्त

काठमाडौं, पुस ९ : आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त तोकिएको छ।

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा कार्यालय स्थापना गरेर निर्वाचन अधिकृत नियुक्त गरेको हो। 

आयोगले कोशी प्रदेशमा भीमराज प्रसाईं, मधेशमा शुभनाथ पुरी, बाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई निर्वाचत अधिकृत नियुक्त गरेको छ। 

आगामी फागुन २० गतेदेखि रिक्त १९ पदमा निर्वाचन हुँदैछ।

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, पुस ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्