सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड
बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। योसँगै सुनको मूल्य नेपाली बजारमा २ लाख ६८ हजार १ सय रुपैयाँमा पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
काठमाडौं, पुस ९ : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ। बुधबार पनि दुवैको मूल्यले नयाँ रेकर्ड बनाए।
बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। योसँगै सुनको मूल्य नेपाली बजारमा २ लाख ६८ हजार १ सय रुपैयाँमा पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि मंगलबार ५५ सय रुपैयाँ बढेर सुनको मूल्य २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको थियो।
यस्तै बुधबार चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ बढेको छ। बजारमा चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५ सय २५ र चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
प्रकाशित मिति: १२:३० बजे, बुधबार, पुस ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












