Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्ध ६८ सांसदको रिटमा आज पेसी

नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ। 
प्रतिनिधिसभा विघटनविरुद्ध ६८ सांसदको रिटमा आज पेसी

काठमाडौं, पुस ९ : निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ।

नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ। 

Hardik ivf

पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीको वारेस मार्फत दायर रिटमा असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वको सरकारले सञ्चालन गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन रोक्न माग गरिएको छ।

यसअघि मंसिर २३ गते कांग्रेसका ८ सांसद र मंसिर १० गते एमालेका ७५ सांसदले संसद पुनस्र्थापनाका लागि रिट दायर गरिसकेका थिए। प्रारम्भिक सुनुवाइमा राष्ट्रपति र प्रधानमन्त्रीसहित लिखित जवाफ मागिएको थियो।

अब कग्रेस, एमाले र अन्य दलका १४३ निवर्तमान सांसद सर्वोच्चमा संसद पुनर्स्थापनाको माग गर्दै एकीकृत चेष्टा गरिरहेका छन्। राजनीतिक र संवैधानिक दृष्टिले यो कदम आगामी प्रतिनिधिसभा निर्वाचनमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: ११:१७ बजे, बुधबार, पुस ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्