Kathmandu Press

झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटर उनीहरुले स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

काठमाडौं, पुस ९ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटर उनीहरुले स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए।

चित्रकारको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको छ र थप सुधारका लागि उपचारको क्रममा रहेको जानकारी नेता खनालले जानकारी दिए।

प्रकाशित मिति: ११:११ बजे, बुधबार, पुस ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्