१४३ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ता, भोलि नै सुनुवाई
सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै सुनुवाईका लागि बुधबार पेसी समेत तय गरेको छ। संसद पुनर्स्थापनाको माग गरिएको उक्त रिटमा कांग्रेसका ६५ जना, एमालेका ७५ र जसपाका २ र एक स्वतन्त्र गरि १४३ जनाको हस्ताक्षर छ।
काठमाडौं, पुस ८ : प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै १४३ जना सांसदको हस्ताक्षरसहितको रिट निवेदन मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र स्वतन्त्र सांसद गरि १४३ जनाले रिटमा हस्ताक्षर गरेका थिए।
सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै सुनुवाईका लागि बुधबार पेसी समेत तय गरेको छ। संसद पुनर्स्थापनाको माग गरिएको उक्त रिटमा कांग्रेसका ६५ जना, एमालेका ७५ र जसपाका २ र एक स्वतन्त्र गरि १४३ जनाको हस्ताक्षर छ।
संसद पुनस्र्थापनाको मागमा जसपा र जनमत पार्टीका सांसदले पनि साथ दिएका छन्। जनमत पाटीबाट सांसद गोमा लाभ सापकोटा, जसपाबाट सांसद हसिना खान तथा स्वतन्त्र सांसद योगेन्द्र मण्डलको हस्ताक्षर बुझाइएको छ।
कांग्रेस, जसपा, जनमत र स्वतन्त्र गरी कुल ६८ सांसदको हस्ताक्षर छ। यसअघि पनि नेकपा (एमाले) ले ७५ सांसदको हस्ताक्षरसहित रिट निवेदन दायर गरिसकेको छ। संसद पुनस्र्थापनापछि सरकार निर्माणका लागि १३८ सांसद आवश्यक पर्ने भएकाले बहुमत सांसद देखाउनका लागि कांग्रेस, एमाले, जसपा र जनमतका सांसदले हस्ताक्षर बुझाइएको हो।












