Kathmandu Press

माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने

नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम सातादेखि देशभर एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो। कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ।
माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने

काठमाडौं, पुस ८ : सरकारले यही माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सरविरुद्धको ह्यमुन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम सातादेखि देशभर एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो। कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ।

Hardik ivf

गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेको थियो। तर यस वर्ष भने एक मात्रा मात्र दिइने छ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठे घरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ।

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, पुस ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्