Kathmandu Press

कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्छ : नेता कोइराला

महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको भन्दै डा.कोइरालाले यस बिषयमा धेरै चासो देखाउन जरुरी नरहेको समेत बताए। साथै, कोइराले आफूले महाधिवेशन सार्न नखोजेको पनि प्रश्ट पारेका छन्। 
कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्छ : नेता कोइराला

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्ने भविष्यवाणी गरेका छन्।

नेता कोइरालाले कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो भविष्यवाणी गरेका हुन्। 

महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको भन्दै डा.कोइरालाले यस बिषयमा धेरै चासो देखाउन जरुरी नरहेको समेत बताए। साथै, कोइराले आफूले महाधिवेशन सार्न नखोजेको पनि प्रश्ट पारेका छन्। 

‘कांग्रेस महाधिवेशनबारे सबैलाई किन चिन्ता लागेको हो मैले बुझेको छैन। अधिवेशन हो, निरन्तर ४÷४ वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस्। जसले पनि अधिवेशनको बारेमा सोध्छ । मलाई त दिक्क पनि लाग्छ कहिले कहीँ। आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने? नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ,’ नेता कोइरालाले भने। 

निर्वाचन २१ फागुनमा तोकिए पनि सम्भव नरहेको भनाई उनको छ। अहिलेसम्म निर्वाचनको माहोल कतै नदेखिएको पनि उनले बताए।

प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, पुस ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्