तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीले गरे छलफल
जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधामन्त्रीले तीन दलका शीर्ष नेताहरुसँग पहिलो पटक छलफल गरेका हुन्। पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल भइरहेको बताइएको छ।
काठमाडौं, पुस ८ : तीन दलका शीर्ष नेताहरुसँग राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरेका छन्। छलफल केहीबेर अघि राष्ट्रपति कार्यालय शितल निवासमा भएको हो।
छलफलमा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन्। छलफल अहिले पनि जारी छ।
जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधामन्त्रीले तीन दलका शीर्ष नेताहरुसँग पहिलो पटक छलफल गरेका हुन्। पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल भइरहेको बताइएको छ।
तीन दलका शीर्ष नेताहरुसँगको छलफलअघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच पनि छलफल भएको थियो।
प्रकाशित मिति: १७:१० बजे, मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)