Kathmandu Press

तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीले गरे छलफल

जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधामन्त्रीले तीन दलका शीर्ष नेताहरुसँग पहिलो पटक छलफल गरेका हुन्। पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल भइरहेको बताइएको छ। 
तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं, पुस ८ : तीन दलका शीर्ष नेताहरुसँग राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरेका छन्। छलफल केहीबेर अघि राष्ट्रपति कार्यालय शितल निवासमा भएको हो। 

छलफलमा एमाले अध्यक्ष केपी ओली, कांग्रेस  सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन्। छलफल अहिले पनि जारी छ। 

Hardik ivf

जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधामन्त्रीले तीन दलका शीर्ष नेताहरुसँग पहिलो पटक छलफल गरेका हुन्। पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल भइरहेको बताइएको छ। 

तीन दलका शीर्ष नेताहरुसँगको छलफलअघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच पनि छलफल भएको थियो।

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, पुस ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्