जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री लेखकलाई बयानका लागि पठायो पत्र
आयोगले मंगलबार लेखकलाई बयानका लागि उपस्थित हुन भन्दै पत्र काटेको हो।-(1)-1741154267.jpg)
काठमाडौं, पुस ८ : जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।
आयोगले मंगलबार लेखकलाई बयानका लागि उपस्थित हुन भन्दै पत्र काटेको हो।
सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन हो।
आयोगकले अब लेखक र तत्कालिन प्रधानमन्त्री केपी ओलीसँगमात्र बयान लिन बाँकी छ। ओलीले आयोगमाथि प्रश्न उठाउँदै उसले बोलाउँदैमा बयान दिन नजाने बताउँदै आएका छन्।
प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












