Kathmandu Press

सिरहाका ७० जनाको स्वाब संकलन 

सिरहा, जेठ ७ : सिरहाका कोरोना संक्रमित युवाको कन्ट्याक ट्रेसिङ आधारमा आज ७० जनाको स्वाब संकलन गरिएको छ। सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका&ndas....

सिरहाका ७० जनाको स्वाब संकलन 

सिरहा, जेठ ७ : सिरहाका कोरोना संक्रमित युवाको कन्ट्याक ट्रेसिङ आधारमा आज ७० जनाको स्वाब संकलन गरिएको छ। सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवकमा गत जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

चिकित्सकको टोलीले कोरोना संक्रमित युवकका परिवारका सदस्य, साथीभाइ तथा कन्ट्याकमा आएका ७० जनाको आज स्वाब संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए। यस्तै जिल्लाको भगवान्पुर, नवराजपुर र बरियारपट्टीलगायत स्थानको क्वारेन्टिनमा रहेका समेत गरी २१९ जनाको स्वाब संकलन गरिएको प्रमुख यादवले बताए।

Hardik ivf

कोरोना संक्रमित युवकको सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। ती युवकमा कोरोना संक्रमण भेएिपछि गाउँपालिकाको समन्वयमा प्रशासनले युवक गाउँ र त्यसआसपासको क्षेत्रलाई सिल गरेको थियो। साथै जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लामा अनिश्चितकालिन निषेधज्ञासमेत जारी गरी चारैतर्फको सीमा बन्द गरिएको छ। 

गत फागुन २८ गते मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। यसैबीच विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले सिरहाको एक मात्र कोरोना संक्रमित ती युवकको गाउँको निरीक्षण गरेको छ।

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, जेठ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्