बालेनलाई प्रधानमन्त्री बनाउने कुरा छलफलमा प्रवेश नै गरेको छैन : रवि लामिछाने
‘हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्रै केन्द्रित भएको हो। बालेनलाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा प्रवेश नै गरेका छैनौँ । पहिले त थाहा पाउनुप¥यो । कुराकानी हुनुपप¥यो । के कस्तो छ भन्ने बुझ्नु पर्यो। एक अर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्यो।’
चितवन, पुस ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन साहलाई प्रधानमन्त्री बनाउने कुरा छलफलमा प्रवेश नै नगरेको बताएका छन्।
भैरहवा जानेक्रममा मंगलबार चितवन पुगेका लामिछानेले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्रै केन्द्रित भएको हो। बालेनलाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा प्रवेश नै गरेका छैनौँ । पहिले त थाहा पाउनुप¥यो । कुराकानी हुनुपप¥यो । के कस्तो छ भन्ने बुझ्नु पर्यो। एक अर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्यो।’
सोमबार काठमाडौँमा बालेन र लामछिानेबीच छलफल भएको थियो । लामिछानेले विस्तारै राजनीतिक विषयमा प्रवेश गर्ने पनि संचारकर्मीलाई बताए। लामिछानेले नयाँ शक्तिहरुसँग संवाद गर्ने आफूहरुको नीति अनुसार नै बालेनसँग भेटघाट भएको बताएका छन् । उनले अन्य राजनीतिक शक्तिहरुसँग पनि कुराकानी हुने बता ।
‘अब हामी अन्य राजनीतिक शक्तिहरुसँग पनि छलफल गर्छौं । कुलमानजीसँग पनि कुराकानी गर्छौं । हामी सबैसँग कुराकानी गरेर एक ठाउँमा आउनका लागि प्रयास गर्छौं । मैले भने अनुसार रास्वपा अगाडि बढेको छ,’ रविले भने।
रुपन्देही अदालतको तारिखमा हाजिर हुनेक्रममा लामिछाने चितवन हुँदै बुटबल जान लागेका हुन्।











