Kathmandu Press

एमालेले भन्यो– वातावरण तयार पारे चुनावमा जान तयार 

सरकारका तर्फबाट आफुहरुले स्वतन्त्र रुपमा चुनावको वातावरण बनाउने जानकारी एमाले नेताहरुलाई गराएको जानकारी पनि मन्त्री खरेलले दिए । उनले मुलुक मुलुक चुनावमा होमिएको पनि बताए। 
एमालेले भन्यो– वातावरण तयार पारे चुनावमा जान तयार 

काठमाडौं, पुस ८ : नेकपा एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गर्दै सहज अवस्था भए आफुहरु चुनावमा जान तयार रहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई एमाले महासचिव शंकर पोखरेलले यस्तो जानकारी गराएका हुन्। 

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले एमालेले स्पष्ट रुपमा वातावरण तयार पारेको खण्डमा आफूहरू चुनावमा जान तयार रहेको बताएको जानकारी संचारमाध्यमलाई गराएका छन्। खरेलले चुनावमा भाग लिनेबारे एमालेले स्पष्ट रुपमा आफूहरूलाई जानकारी गराएको बताए।

Hardik ivf

पार्टी कार्यालयमा एमालेका नेताहरुसँगको भेटपछि मन्त्री खरेलले भने, ‘सरकारको तर्फबाट सम्पूर्ण तयारी अघि बढाएको, निर्वाचनको वातावरण बनिरहेको परिप्रेक्ष्यमा नेकपा एमालेको तर्फबाट उहाँहरूले स्पष्ट भन्नुभएको छ, वातावरण बनाउनुस । हामी निर्वाचनमा भाग लिन्छौं भन्ने कुरा नेकपा एमालेको महासचिवको तर्फबाट स्पष्ट आएको छ।’ 

सरकारका तर्फबाट आफुहरुले स्वतन्त्र रुपमा चुनावको वातावरण बनाउने जानकारी एमाले नेताहरुलाई गराएको जानकारी पनि मन्त्री खरेलले दिए । उनले मुलुक मुलुक चुनावमा होमिएको पनि बताए। 

‘सरकारको तर्फबाट स्वतन्त्र, धाँधलीरहित ढंगबाट चुनाव गराउन सरकारले वातावरण बनाउँछ । अब मुलुक चुनावमा होमियो । चुनावमा अघि बढ्यो,’ उनले भने।

मन्त्री खरेलले चुनावमा भाग लिने बिषयमा स्पष्ट रुपमा नेकपा एमालेबाट कुरा आएको बताउँदै त्यसलाई सरकारले सकारात्मक रुपमा लिएको पनि खरेलले बताए। 

प्रकाशित मिति: १४:५६ बजे, मंगलबार, पुस ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्