प्रमुख तीन दलका शीर्ष नेतासँग राष्ट्रपतिको छलफल
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिसँगको छलफलमा सहभागि हुँदैछन्।
काठमाडौं, पुस ८ : राष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफलको तयारी भएको हो । छलफलका लागि दिउँसो ३ बजे शीर्ष नेताहरुलाई डाकिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिसँगको छलफलमा सहभागि हुँदैछन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार पार्टी नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्रीत्रयसँग आगामी चुनावलगायत बिषयमा छलफल हुन लागेको छ।
प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(1)-1741154267.jpg)





-(1)-1741154267.jpg)


