Kathmandu Press

कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो 

कांग्रेस पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी डाकिएको हो। 
कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो 

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। 

कांग्रेस पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी डाकिएको हो। 

बैठकका लागि दिउँसो १ बजेको समय तय भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। 

बैठकमा कांग्रेस महाधवेशन, चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 
 
प्रकाशित मिति: १४:०० बजे, मंगलबार, पुस ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्