‘द लेकसाइड रिट्रिट’मा क्रिसमस र अंग्रेजी नयाँ वर्ष लक्षित विशेष अफर
रिसोर्टले २ रात, ३ दिनका लागि पर्यटकहरु लक्षित अफर सार्बजनिक गरेको हो। जसअनुसार स्टाण्डर प्याकेजको लागि १४ हजार ४ सय ४४, डिलक्स प्याकेजका लागि १८ हजार ८ सय ८८ र बिशेष प्याकेजका लागि २८ हजार ८ सय ८८ राखिएको छ।
कास्की, पुस ८ : सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाईडमा रहेको द लेकसाइड रिट्रिट रिसोर्टले क्रिसमस र अंग्रेजी नयाँ बर्ष लक्षित अफरहरु सार्बजनिक गरेको छ ।
रिसोर्टले २ रात, ३ दिनका लागि पर्यटकहरु लक्षित अफर सार्बजनिक गरेको हो। जसअनुसार स्टाण्डर प्याकेजको लागि १४ हजार ४ सय ४४, डिलक्स प्याकेजका लागि १८ हजार ८ सय ८८ र बिशेष प्याकेजका लागि २८ हजार ८ सय ८८ राखिएको छ।
यो मूल्यमा २ जनाले २ रात नाइट स्टे, बिहानको बेक्रफास्ट र डिनरको सुविधा पाउनेछन् भने विशेष प्याकेज अन्तर्गत बिन्दवासिनी मन्दिरको दर्शनका साथै सराङकोटबाट पोखराको दृश्यावलोकन समेत गर्न पाईने रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले जानकारी दिए।

आइएमइ हस्पिटालिटी प्रा.लि. अन्तर्गत सञ्चालित यो रिसोर्ट पछिल्लो सयम विभिन्न सेमिनार र पार्टीहरुको गन्तब्य बनेको छ। पोखराको लेकसाईडकै अन्य विभिन्न होटल र रिसोर्ट भएतापनि यस रिसोर्टमा रहेको लोभलाग्दो गार्डेन, मनमोहक वातावरण र खुला ठाउँले सबैको रोजाईमा यो रिसोर्ट परेको हो।
हरियालीसहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्राकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, स्तरीय सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी रहने गरेको छ।












