जेनजी आन्दोलनमा जलाइएको कांग्रेस कार्यालयमा सरकारी टोलीको अनुगमन
मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिंहा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोली सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पुगेर अनुगमन गरेको हो।
काठमाडौं, पुस ८ : सरकारी टोलीले मंगलबार जेनजी आन्दोलनका क्रममा जलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको अनुगमन गरेको छ।
मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिंहा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोली सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पुगेर अनुगमन गरेको हो।
आन्दोलनकाक्रममा गएको भदौ २४ गते सानेपास्थित कांग्रेस पार्टी कार्यालय पनि जलाइएको थियो। त्यसलगत्तै भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो।
सरकारी टोलीलाई कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीत्रय डिना उपाध्याय, भीष्मराज आङदेम्बे, जीवन परियार तथा मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका थिए।
अनुगमनपछि आगामी निर्वाचनको बिषयमा अन्तरक्रिया गरिएको थियो। अन्तरिम सरकारले मन्त्री सिंहाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति समेत गठन गरेको छ ।समितिले पहिलोपटक कांग्रेस कार्यालय पुगेर संवाद थालेको हो।