Kathmandu Press

महाधिवेशन नगरी चुनावमा गए सर्मनाक हार हुने कांग्रेस नेता पौडेलको दाबी

‘हामीले आफ्नो पार्टीलाई अपडेट गर्न सक्दैनौं, विधानले जे व्याख्या व्यवस्था गरेको हो त्यस अनुसार अगाडि लैजान सक्दैनौं भने देशलाई लान्छौं भनेर कसरी पत्याइन्छ?,’ पत्रकारसँग उनले भने।
महाधिवेशन नगरी चुनावमा गए सर्मनाक हार हुने कांग्रेस नेता पौडेलको दाबी

काठमाडौं, पुस ८ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले महाधिवेशन नगरी चुनावमा गए कांग्रेसको सर्मनाक हार हुने दाबी गरेका छन्। 

पत्रकारसँग मंगलबार भएको कुराकानीमा पौडेलले यस्तो भनाई राखेका हुन्। 

अधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले सर्मनाक हार हुने स्थिति व्यहोर्छ। अधिवेशन गरेर निर्वाचनमा बढी सिट जितिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नुपर्ने हुन्छ,’ पौडेलले भने।

नेता पौडेलले संसद पुनस्र्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो गरे प्रत्युत्पादक हुने पनि बताए। 

एमालेले समेत महाधिवेशन गरिसकेको सन्दर्भमा अब कांग्रेसले महाधिवेशन नगर्ने हो भने चुनावमा जान लाज हुने टिप्पणी नेता पौडेलको थियो। महाधिवेशनमार्फत पार्टीलाई अध्यावधिक गर्न नसके देशलाई अगाडि बढाउने कुरामा विश्वास नहुने पनि उनले बताए। 

‘हामीले आफ्नो पार्टीलाई अपडेट गर्न सक्दैनौं, विधानले जे व्याख्या व्यवस्था गरेको हो त्यस अनुसार अगाडि लैजान सक्दैनौं भने देशलाई लान्छौं भनेर कसरी पत्याइन्छ?,’ पत्रकारसँग उनले भने।

पौडेलले अधिवेशन नगरेको अवस्थामा लोभका कारण पद ओगटेर बसेको र परिवर्तन नचाहेको देखिने समेत बताए। 

प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, पुस ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्