चिसो बढेपछि गौरका विद्यालय चार दिन बन्द
नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बर्से बिदाबाट कट्टा हुने गरी आजदेखि ११ गतेसम्म पठनपाठन बन्द गर्न भनेको छ। सोही अनुसार विद्यालय बन्द गरिएका छन्।
रौतहट, पुस ८ : केही दिनयता तराईका क्षेत्रमा शीतलहर चलिरहेको छ। शीतलहरका कारण अत्यधिक चिसो बढेपछि रौतहटको गौर नगरपालिकाले नगरभित्रका सबै सबैविद्यालय चार दिनका लागि बन्द गरेको छ।
नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बर्से बिदाबाट कट्टा हुने गरी आजदेखि ११ गतेसम्म पठनपाठन बन्द गर्न भनेको छ। सोही अनुसार विद्यालय बन्द गरिएका छन्।
चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको र पठन पाठनमा पनि समस्या आएपछि पालिकाका सबै विद्यालयहरु बन्द नगरपालिकाकाले जनाएको छ।
अत्याधिक चिसोले गर्दा शिशु कक्षा र प्राथमिक तहका विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्न सक्ने भएकोले विद्यालय बन्द गरिएको उनको भनाइ छ ।
रौतहटमा बिहान बाक्लो हुस्सुसँगै शीत खस्ने र दिनभरी कुहिरो लाग्न थालेपछि चिसो बढेको छ।
प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












