बालेनसँग मानवअधिकार आयोगको सोधपुछ
आयोगले जेनजी आन्दोलनका बेला मेयर शाहले सामाजिक सञ्जालमा दिएको लेखेको अभिव्यक्ति र अरु घटनाक्रमबारे सोधपुछ गरेको हो।
काठमाडौं, पुस ७ : राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनालाई लिएर सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोधपुछ गरेको छ।
आयोगले जेनजी आन्दोलनका बेला मेयर शाहले सामाजिक सञ्जालमा दिएको लेखेको अभिव्यक्ति र अरु घटनाक्रमबारे सोधपुछ गरेको हो।
आयोगका अनुसार गत भदौ २३ र २४ गतेको घटनावारे अनुसन्धान चलिरहेको छ। सोहीक्रममा मेयर शाहलाई पनि आयोगमा डाकेर सोधपुछ गरिएको हो।
प्रकाशित मिति: १८:५४ बजे, सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1766411815.jpg)