सर्वपक्षीय छलफलमा नेकपाले भन्यो– ६ महिनाभित्र अर्को संसद नआए कि सडकले निर्णय गर्छ, कि संसद् पुनःस्थापना हुन्छ
‘घोषित मितिमा निर्वाचन सम्पन्न गराउने विषयमा सरकारको तर्फबाट आएको कमिटमेन्ट सह्रानीय छ । हाम्रो दलको तर्फबाट यसको लागि सरकारलाई आभार व्यक्त गर्न चाहन्छु । प्रमुख राजनीतिक दलहरु समेत चुनावी प्रक्रियामा आइसकेको हुनाले उनीहरुलाई अझै प्रोत्साहित गर्नुपर्छ।’काठमाडौं, पुस ७ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ६ महिनाभित्र अर्को पार्लियामेन्ट नआए सडकले निर्णय गर्ने या पुरानै संसद् पुनःस्थापना हुने भनाई प्रधानमन्त्रीसँगको सर्वपक्षीय छलफलमा राखेको छ।
नेकपाका नेता वर्षमान पुनले सोमबार भएको सर्वपक्षीय छलफलमा यस्तो भनाई राखेका हुन् । उनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको भन्दै विश्वसनिय वातावरण बनाउन आवस्यक रहेको पनि बताए।
संविधान विपरीत निर्वाचन धकेल्ने प्रयास भए आफूहरुलाई स्वीकार्य नहुने समेत उनले बताएका छन्। नेता पुनले भने, ‘घोषित मितिमा निर्वाचन सम्पन्न गराउने विषयमा सरकारको तर्फबाट आएको कमिटमेन्ट सह्रानीय छ । हाम्रो दलको तर्फबाट यसको लागि सरकारलाई आभार व्यक्त गर्न चाहन्छु । प्रमुख राजनीतिक दलहरु समेत चुनावी प्रक्रियामा आइसकेको हुनाले उनीहरुलाई अझै प्रोत्साहित गर्नुपर्छ।’
उनले राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने समेत बता । निर्वाचनको लागि सरकारलाई सहयोग गर्नको लागि तयार रहेको बताउँदै खेल शुरु भइसकेपछि खेलका नियमहरू बीच बीचमा बदल्न नहुने भनाई उनको थियो।
‘तर सरकार ६ महिनाभन्दा उता संविधान विपरीत जान खोज्यो भने हाम्रो समर्थन हुँदैन । हामीले स्पष्टसँग भनेका छौँ । यदि ६ महिनाभित्र अर्को पार्लियामेन्ट आएन भने कि सडकले निर्णय गर्छ, कि पुरानै संसद् पुनःस्थापना हुन्छ । यी कुरामा हामी सबै क्लियर छौँ,’ नेथता पुनले भने।












-1766411815.jpg)