Kathmandu Press

कांग्रेस, एमालेसँगै जसपा र जनमतका सांसदले पनि सर्वोच्चमा बुझाए हस्ताक्षर 

कांग्रेसबाट ६५ जना सांसदको बुझाइएको छ भने जनमत, जसपा र एक जना स्वतन्त्र गरी तीन सांसदको पनि हस्ताक्षर सामेल गरिएको छ। 
कांग्रेस, एमालेसँगै जसपा र जनमतका सांसदले पनि सर्वोच्चमा बुझाए हस्ताक्षर 

काठमाडौं, पुस ७ : संसद पुनस्र्थापनाको माग गर्दै नेपाली कांग्रेस–एमाले सँगै जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका सांसदले पनि सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन्। 

संसद् पुनस्र्थापनाको माग गर्दै सोमबार सर्वोच्च अदालतमा थप सांसदको हस्ताक्षर बुझाइएको हो। कांग्रेसबाट ६५ जना सांसदको बुझाइएको छ भने जनमत, जसपा र एक जना स्वतन्त्र गरी तीन सांसदको पनि हस्ताक्षर सामेल गरिएको छ। 

Hardik ivf

जनमत पार्टीबाट सांसद गोमा लाभ सापकोटा, जसपाबाट सांसद हसिना खान तथा स्वतन्त्र सांसद योगेन्द्र मण्डलको हस्ताक्षर बुझाइएको छ। कांग्रेस, जसपा, जनमत र स्वतन्त्र गरी कुल ६८ सांसदको हस्ताक्षर बुझाइएको छ। 

यसअघि नेकपा (एमाले) ले ७५ सांसदको हस्ताक्षरसहित रिट निवेदन दायर गरिसकेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध कुल १४३ सांसदको हस्ताक्षर पेश भएको छ। 

संसद पुनस्र्थापनापछि सरकार निर्माणका लागि १३८ सांसद आवश्यक पर्ने भएकाले बहुमत सांसद देखाउनका लागि कांग्रेस, एमाले, जसपा र जनमतका सांसदले हस्ताक्षर बुझाइएको हो। 

प्रकाशित मिति: १८:०३ बजे, सोमबार, पुस ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्