Kathmandu Press

प्रधानमन्त्री कार्कीलाई कांग्रेसको सुझाव– चुनावको वातावरण बनाउन शीर्ष नेतासँग संवाद गनुहोस्  

छलफलमा पुगेका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राजनीतिक दल र त्यसका नेताहरूमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भनाई राखेका छन्। 
प्रधानमन्त्री कार्कीलाई कांग्रेसको सुझाव– चुनावको वातावरण बनाउन शीर्ष नेतासँग संवाद गनुहोस्  

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसले फागुन २१ गते निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद गर्न सुझाएको छ। 

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा डाकेको सर्वपक्षीय बैठकमा कांग्रेसले यस्तो सुझाव दिएको हो। छलफलमा पुगेका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राजनीतिक दल र त्यसका नेताहरूमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भनाई राखेका छन्। 

Hardik ivf

निर्वाचनको आवश्यक वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न ढिलाई गर्न नहुने सुझाव यादवले दिएका छन्। 

यादवले चुनावमा सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिएका थिए । विगतमा नेपाली कांग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएको दाबी गर्दै वर्तमान सरकारले पनि सोहीअनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्ने धारणा उनको थियो। 

सहमहामन्त्री यादवले लोकतन्त्रमा राजनीतिक दलहरूलाई बेवास्ता गरेर कुनैपनि गतिविधि अघि बढाउन नसकिने पनि धारणा समेत राखेका थिए। 

प्रकाशित मिति: १७:२४ बजे, सोमबार, पुस ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्