कांग्रेस सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली
ओलीले एमाले महासचिव शंकर पोखरेललाई साथै लिएर देउवालाई भेट्न पुगेका हुन्। भेटमा कांग्रेस नेतृ एवम् देउवा पत्नी डा आरजु राणा देउवा पनि संलग्न छिन्।
काठमाडौं, पुस ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाराजगञ्ज पुगेका छन्।
ओलीले एमाले महासचिव शंकर पोखरेललाई साथै लिएर देउवालाई भेट्न पुगेका हुन्। भेटमा कांग्रेस नेतृ एवम् देउवा पत्नी डा आरजु राणा देउवा पनि संलग्न छिन्।
गत मंसिर १० गते पनि एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न महाराजगञ्ज पुगेका थिए।
जेनजी आन्दोलनपछि देउवा र ओलीविच दोस्रोपटक भेटघाट भएको हो। भेटघाटको बिषय भने बाहिर आएको छैन।
प्रकाशित मिति: १६:४६ बजे, सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)