Kathmandu Press

नेतालाई स्थानहद लगाएर चुनावको वातावरण बन्दैन : संविधानविद् विपिन अधिकारी

'नेताहरूलाई बयानमा बाेलाउने भए कहिले बाेलाउने हाे, बाेलाए हुन्छ तर दलका प्रमुख नेतालाई स्थानहद लगाएर चुनावमा जाउ भन्नु हातखुट्टा बाँधेर पाैडी खेल्न भन्नुजस्तै हाे,' उनले भने ।
नेतालाई स्थानहद लगाएर चुनावको वातावरण बन्दैन : संविधानविद् विपिन अधिकारी

काठमाडौं, पुस ७ : संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावको वातावरण नबन्ने बताएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धीराजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगको छलफल तथा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिकरण कार्यक्रममा पूर्वसांसद समेत रहेका वरिष्ठ अधिवक्ता अधिकारीले नेताहरूलाई बयानमा बोलाउन तर स्थानहद हटाउनु पर्ने बताए।

भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सिफारिसमा सरकारले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई काठमाडौं उपत्यका छोड्न नपाउने गरी स्थानहद लगाइएको छ।

मुलुकमा चुनावको वातावरण बनाउनका लागि नेताहरूमाथि स्थानहद लगाउन नहुने उनको भनाई छ। 

प्रकाशित मिति: १५:५८ बजे, सोमबार, पुस ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्