Kathmandu Press

प्रहरी परिसर भद्रकालीमा राखिएका जेनजी युवाहरु छुटे

अनुमति नदिइए पनि जेनजी समूह माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएपछि प्रहरीले सगरफ्तार गरेको हो। आन्दोलनका संयोजक मिराज ढुंगानाको नेतृत्वमा प्रदर्शन गरिएको थियो। 
प्रहरी परिसर भद्रकालीमा राखिएका जेनजी युवाहरु छुटे

काठमाडौं, पुस ७ : माइतीघर मण्डलबाट प्रदर्शनका क्रममा गिरफ्तार गरिएका ‘जेनजी’ युवालाई प्रहरीले छाडेको छ। 

गिरफ्तारपछि उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको थियो । जेनजी युवाहरुलाई पक्राउको केही बेरमै छाडिएको हो। जेनजी युवाहरुले सर्वपक्षीय सरकार गठनको माग राख्दै आन्दोलनको घोषणा गरेका छन्। 

Hardik ivf

अनुमति नदिइए पनि जेनजी समूह माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएपछि प्रहरीले सगरफ्तार गरेको हो। आन्दोलनका संयोजक मिराज ढुंगानाको नेतृत्वमा प्रदर्शन गरिएको थियो। 

प्रदर्शन शुरु हुनै लाग्दा प्रहरीले ५ जना युवालाई नियन्त्रणमा लिएको थियो। प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठनमार्फत चुनाव हुनुपर्ने माग अघि सारेका छन्।

प्रकाशित मिति: १५:०८ बजे, सोमबार, पुस ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्