मतपत्र छपाइको तयारी पुरा
प्रतिनिधिसभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ करिब चार करोड थान मतपत्र छाप्ने तयारीमा आयोग छ।
काठमाडौं, पुस ७ : प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइको तयारी गरेको छ।
आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गर्न लागेको हो। प्रतिनिधिसभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ करिब चार करोड थान मतपत्र छाप्ने तयारीमा आयोग छ।
आयोगले मतपत्रसहित मतदाता परिचयपत्र, सूचनामूलक पोस्टरलगायतका आवश्यक सामग्री छपाइको तयारी समेत गरेको छ। आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरिसकेको छ।
आयोग अधिकारीले जनाए अुसार पुसको दोस्रो हप्ताबाटै छपाइको कार्य सुरु गर्ने तयारी छ। सोही अनुरुप आयोगले कार्ययोजना बनाएको छ।
पहिलो चरणमा समानुपातिकतर्फको मतपत्र छपाइ सकेपछि प्रत्यक्ष निर्वाचनको मतपत्र छापिने भएको छ। निर्वाचन आयोगले मतपत्र छपाईका लागि औपचारिक पत्र पठाएपछि काम सुरु गरिने भएको छ।
प्रकाशित मिति: १५:०६ बजे, सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












