मधेशका नवनिर्वाचित सभामुख यादवले गरे पदभार ग्रहण
उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे।
धुनषा, पुस ७ : मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन्।
सोमबार विहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा सभामुख यादवले पदभार ग्रहण गरेका छन्।
सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिए। उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे।
सभामुख यादवले विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफूबाट नहुनेमा ढुक्क हुन आग्रह गरे।
उनले विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भाषालगायतका कानुनहरु अगाडि बढाउन सम्पूर्ण दलहरुसँग सहकार्य र छलफल गर्ने बताए।
उनले मधेश प्रदेश सभामा भएका सम्पूर्ण दल र सांसद एक बराबर मानेर बैठकको काम काज अगाडि बढाउने जानकारी दिए। मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारी एवम पदाधिकारीहरुले सभामुख यादवलाई भव्य स्वागत गरेको थियो।












