सुन र चाँदी दुवैको मूल्यमा रेकर्ड
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ। यो गत सोमबार कायम रेकर्ड भन्दा बढी हो।
काठमाडौं, पुस ७ : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा रेकर्ड कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको छ। यो गत सोमबार कायम रेकर्ड भन्दा बढी हो। गत सोमबार सुनको मूल्य २ लाख ६० हजार ७ सय थियो।
यस्तै, सोमबार चाँदीको मूल्यमा पनि रेकर्ड कायमै भएको छ। प्रत्येक दिनजसो रेकर्ड बनेको चाँदी सोमबार ४ हजार २ सय ३५ रुपैयाँमा बारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १३० रुपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४३९७ र चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यो पनि कीर्तिमानी मूल्य हो।
प्रकाशित मिति: १३:३९ बजे, सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












