Kathmandu Press

नियमित महाधिवेशन अवरुद्ध गर्न खोजिए विशेष महाधिवेशन : महामन्त्री थापा 

कि विशेष महाधिवेशन हुन्छ। महाधिवेशन नगरी चुनावमा जाने अवस्था बन्दैन।’ 
नियमित महाधिवेशन अवरुद्ध गर्न खोजिए विशेष महाधिवेशन : महामन्त्री थापा 

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनलाई नियतवश अवरुद्ध गर्न खोजिए विशेष महाधिवेशन नरोकिने बताएका छन्।

काठमाडौं–४ का नेता–कार्यकर्तासँग छलपल गर्दै महामन्त्री थापाले विगतमा कांग्रेसको बैठक रोक्नेले नै अहिले महाधिवेशन गर्न सकिँदैन भन्न थालेको पनि बताए। 

थापाले महाधिवेशन अवरुद्ध बनाउने प्रयास गरिए देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन गर्ने चेतावनी समेत दिए। कि नियमित महाधिवेशन सरासर अघि बढ्छ। उनले भने, ‘कि विशेष महाधिवेशन हुन्छ। महाधिवेशन नगरी चुनावमा जाने अवस्था बन्दैन।’ 

Hardik ivf

महामन्त्री थापाले १५औं महाधिवेशनमा सभापतिमा लड्ने पनि बताए। ‘म अहिले पार्टीको सभापतिको १५औं महाधिवेशनको सभापतिको उम्मेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु’, महामन्त्री थापाको भनाई थियो । 

यस्तै, उनले १५औं महाधिवेशमा आफू पार्टी सभापतिको उम्मेदवार बन्ने र जित्ने पनि दाबी गरे।

‘हिजो ४५ दिन कांग्रेसको बैठक रोक्नेले नै अहिले सकिँदैन कि अब समय छैन भनेका छन् । अब सकिँदैन भन्नु भनेको धुलोमा पहिला बाल्टीबाट पानी खन्याएर अब हिँड्न सकिँदैन भनेजस्तै हो,’ उनले भने।

महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि उनले बताए। क्रियाशील सदस्यको काममा ढिला भइरहेको भन्दै उनले आपत्ति समेत  जनाए। 

पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने कुरा बताइरहेको  उनको भनाई छ । यसबारेमा आफू स्पष्ट रहेको समेत उनले बताए। नियमित वा विशेष अधिवेशन हुनै पर्ने बताउँदै महामन्त्री थापाले महाधिवेशन विना कांग्रेस निर्वाचनमा नजाने समेत बताए।


 

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, पुस ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्