Kathmandu Press

प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई पक्राउ

सिन्धुपाल्चोक, जेठ ७ : प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन्। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मान....

प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई पक्राउ

सिन्धुपाल्चोक, जेठ ७ : प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन्। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियारलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन्। लकडाउनको बेला गाउँका एक व्यक्तिले चलाएको मोटरसाइकल समाएको विषयमा उनले प्रहरीमाथि नै हातपात गरेका हुन्। प्रहरी सहायक निरीक्षक दीप तामाङमाथि हातपात गरेपछि पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइएको र थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

ढुंगा लागेर घाइते भएका प्रसनि तामाङको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, जेठ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्