Kathmandu Press

कीर्तिपुरका जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित चार जनाको आरडिटी पोजेटिभ

काठमाडौं, जेठ ७ : कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको छ।

फ्रन्टल....

फ्रन्टलाइनमा कार्यरत एक सय ३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण गरिने नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले बताइन्।

उनका अनुसार, नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) र पिसिआर दुवै विधिबाट स्वास्थ्य परीक्षण गरिएको हो। आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको नगरपालिकाले जनाएको छ।

हाल उनीहरु सबैलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएको छ। यसअघि विदेश तथा अन्य स्थानबाट कीर्तिपुरमा आएर बसेका एक सय १० जनाको आरडिटी विधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रकाशित मिति: १०:५० बजे, बुधबार, जेठ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्