Kathmandu Press

मधेशको सभामुखमा जसपाका रामअशिष यादव सत्ता गठबन्धनका उम्मेदवार

सत्ता गठबन्धनमा सभामुख जसपा नेपाललाई दिने सहमति भएसँगै यादवले उम्मेदवारी दर्ता गराएका हुन्। 
मधेशको सभामुखमा जसपाका रामअशिष यादव सत्ता गठबन्धनका उम्मेदवार

धनुषा, पुस ५ : मधेश प्रदेशको सभामखुमा जसपा नेपालका सांसद रामअशिष यादवले उम्मेदवारी दिएका छन्।

सत्ता गठबन्धनमा सभामुख जसपा नेपाललाई दिने सहमति भएसँगै यादवले उम्मेदवारी दर्ता गराएका हुन्। 

Hardik ivf

नेपाली कांग्रेसका बिरेन्द्रप्रसाद सिंह प्रस्तावक र नेकपा माओवादी केन्द्रका फकिरा महतोको समर्थनमा यादवले उम्मेदवारी दर्ता गराएका हुन्। 

सभामुख चयनका लागि भोलि निर्वाचन हुँदै छ। 

सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) निर्वाचित भएका थिए। 

पदअनुकूलको आचरण नगरेको अभियोगमा तत्कालीन सभामुख रामचन्द्र मण्डल गत मंसिर ३ गते प्रदेशसभाको दुई तिहाई बहुमतबाट पदमुक्त भएका थिए। 

प्रकाशित मिति: १५:२४ बजे, शनिबार, पुस ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्