मधेशमा पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो।
धनुषा, पुस ५ : मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो।
त्यसका लागि उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि छुट्याइएको छ। दर्ता भएका उम्मेदवारहरूको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रकाशित गरिने बताइएको छ।
त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।
प्रकाशित मिति: १३:१५ बजे, शनिबार, पुस ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












