कांग्रेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने
गठबन्धनमा सहभागी नभएको एमाले संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ। गत मंसिर १९ गते यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
जनकपुर, पुस ४ : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि प्रदेश सभामा विश्वासको मत दिने भएको छ।
यादवले शुक्रबार दिउँसो ४ विश्वासको मत लिने प्रदेशसभा सचिवालले जनाएको छ। कांग्रेस संसदीय दलका नेता यादव एमालेबाहेकका सात दलीय गठबन्धनका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
गठबन्धनमा सहभागी नभएको एमाले संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ। गत मंसिर १९ गते यादव मधेसको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
एमालेकै मुख्यमन्त्री नियुक्त भएका सरोज यादवको सरकार ढालेर मुख्यमन्त्री बनेका यादवलाई गठबन्धन बाहिरको दलले विश्वासको मत दिने तयारी गरेपछि अर्थपूर्ण रुपमा हेरिएको छ।
एमालेका मुख्यमन्त्री यादवसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डल पनि पदमुक्त भएका थिए। एमालेले समेत विश्वासको मत दिँदा यादवले आज प्रदेश सभाबाट १०४ सांसदको समर्थन प्राप्त गर्ने अवस्था देखिएको छ।
एमालेसँग २४ सांसद छन्। १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतको लागि ५४ सांसदको समर्थन चाहिन्छ।












