Kathmandu Press

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुर, पुस ४ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। 

Hardik ivf

मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त भएको थियो। नियुक्तिपछि संविधानिक प्रावधानअनुसार ३०दिन भित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीले समर्थन गर्दै आएको छ।

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, पुस ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्