स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम
भोजपुर नगरपालिकासँगको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच गुल्म हेडक्वाटर टक्सारको आयोजनामा तालिम सुरु गरिएको हो।
भोजपुर, पुस २ : विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ।
भोजपुर नगरपालिकासँगको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच गुल्म हेडक्वाटर टक्सारको आयोजनामा तालिम सुरु गरिएको हो। तालिममा स्थानीय वडाबाट ३२ जनाको सहभागिता छ।
आगामी पुस २४ गतेसम्म सञ्चालन हुने तालिममा सहभागिलाई विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार, सडक दुर्घटना जोखिम तथा न्यूनीकरण लगायतका विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गराइने गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाले जानकारी दिए।
प्रकाशित मिति: २०:१७ बजे, बुधबार, पुस २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












