Kathmandu Press

‘आ बाट आमा’ को प्रचारमा  धनगढी पुगे पल र विपना

जारी सुदरपश्चिम महोत्सवमा उपस्थित भएर पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरे।
‘आ बाट आमा’ को प्रचारमा  धनगढी पुगे पल र विपना

कैलाली, पुस २ : आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को प्रचारप्रसार थालिएको छ।

सोहीक्रममा फिल्मको प्रचारका लागि नायक पल शाह र अभिनेत्री विपना थापा धनगढी पुगेका छन्। जारी सुदरपश्चिम महोत्सवमा उपस्थित भएर पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरे।

Hardik ivf

पल शाह र विपना थापालाई देखेपछि दर्शकले आइ लभ यु पल शाह र विपना थापा भन्दै हुटिङ गरेका थिए। महोत्सवमा दर्शकको माया पाएकी अभिनेत्री विपना थापा र अभिनेता पल शाह पनि खुशी भएका थिए।

photo-2_55c9e41d-1765964625.jpg

चन्द्र पन्तले निर्देशन गरेको फिल्ममा उनकै कथा तथा पटकथा छ। फिल्मको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहेका छन्। फिल्मका गीतको कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाको रहेको छ।

फिल्ममा विपना र पलसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली लगायतले मुख्य भूमिकामा अभिनय गरेका छन्।

photo-1_93ca22a8-1765964625.jpg
 

प्रकाशित मिति: १५:२९ बजे, बुधबार, पुस २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्