Kathmandu Press

फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन

उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए।
फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन

ललितपुर, पुस २ : ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेनजीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन्।

बुधबार ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए।

Hardik ivf

‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो। मलाई यो कुराले चिसो पसेको छ कि जेनजीले आमा भन्नुहुन्छ। तर यो पछिल्लो कालखण्डमा आएर जेनजीले अलिकति स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिन्न भनिरहेको छ,’ उनले भने, ‘यो भन्न पाइँदैन, चुनाव गर्नै पर्छ। जेनजीले यो चुनाव गर्न दिँदैनौं भन्ने काम गर्न हुँदैन। जेनजीहरु साना भाई बहिनीहरु छन् बुद्दी पलाएको छैन,पलाओस् । आफ्नो आमाले गर्न लागेको सफल काममा सहयोग गर्नैैपर्छ।’

त्यस्तै,उनले ललितपुर महानगरपालिकामा अहिलेसम्मको इतिहासमा नै अहिलेको जस्तो जनप्रतिनिधिहरुको मिलाप कहिलेपनि नरहेको बताए । जनप्रतिनिधिहरुको मिलापले नै महानगरपालिकामा प्रत्येक दिन नयाँ काम भइरहेको धारणा राखे।

‘जनप्रतिनिधिहरुको मिलाप कहिले पनि थिएन। जनप्रतिनिधि र कर्मचारीहरुबीचको मित्रताको जुन फ्युजन छ त्यसको कारण महानरगपालिकाले प्रत्येक दिन नयाँ काम गर्न सफल भएको छ,’उनले भने।

मेयर महर्जनले ललितपुर महानगरपालिकामा भएका सबै नयाँ कामहरु अरुले पनि अनुसरण गर्न मिल्ने काम रहेको दावी गरे।

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, पुस २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्