Kathmandu Press

सुनचाँदीको मूल्य बढेकोबढ्यै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ।
सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ, पुस २ : सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मङ्गलबारको तुलनामा आज सुन तोलामा ७ सय र त्यति नै परिमाणको चाँदी १७० ले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित मिति: ११:१७ बजे, बुधबार, पुस २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्