भारतमा एकै दिन ६ हजारमा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख ६ हजार
काठमाडौं, जेठ ७ : भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ ।
....
काठमाडौं, जेठ ७ : भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ ।
योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो । समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ३०३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४६ जनाको मृत्यु भएको छ ।
कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ ।
प्रकाशित मिति: ०६:४९ बजे, बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











