बाँसुरीको धुनसँगै ‘काव्य साँझ : कल्प’ मा गुन्जिए डा. नवराज लम्साल
ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य कल्पका हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गरेका थिए । डा भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् ।
काठमाडौँ, पुस १ : महाकाव्यकार डा. नवराज लम्सालको महाकाव्य कल्प केन्द्रित प्रस्तुति ‘काव्य साँझ कल्प’ सम्पन्न भएको छ ।
ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य कल्पका हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गरेका थिए । डा भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् ।
कल्प महाकाव्य प्रकृति संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए ।
लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शक दीर्घा निकै रोमाञ्चित भएको थियो।
यसरी बाँसुरीसहित महाकाव्य लिएर डाक्टर लम्साल मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन् । आफैँ पनि लामो समय रेडियो प्रसारणमामा बिताएका लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे ।

ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेशा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
डा. लम्साल नेपाली साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन्। उनका चार महाकाव्य सहित १० पुस्तक प्रकाशित छन्।












