Kathmandu Press

पर्यटक र प्रदर्शकको हिउँपहिरोमा निधन

मनाङ, फागुन २५ : फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ । 

अन्नपूर्ण पदमार्....

पर्यटक र प्रदर्शकको हिउँपहिरोमा निधन
फाईल फोटो

मनाङ, फागुन २५ : फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ । 

अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्ने ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परी मृत्यु भएको हो । 

थोरङपासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदरसम्म पुगेर फर्कने क्रममा ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिउँपहिरोमा परी निधन भएका दुबैको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले बताउनुभयो । शव परीक्षणका लागि आजै हेलिकप्टरबाट शव काठमाडौंँमा लैजाने तयारी भएको प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले जानकारी दिनुभयो । 

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, फागुन २५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्