Kathmandu Press

पतञ्जली अनियमितता प्रकरण : पूर्वप्रधानमन्त्री नेपालविरुद्ध परेको उजुरी, निर्णय र साक्षी झिकाइयो 

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त आदेश दिएको हो।
पतञ्जली अनियमितता प्रकरण : पूर्वप्रधानमन्त्री नेपालविरुद्ध परेको उजुरी, निर्णय र साक्षी झिकाइयो 

काठमाडौं, मंसिर २८ : विशेष अदालतले मुद्दा चलाउने निर्णय गर्दाका पतञ्जलि जग्गा अनियमितताको अभियोगमा मुद्दा चलाइएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरीलगायत फाइल झिकाउने आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त आदेश दिएको हो।

अख्तियारले नेपालको विषयमा २०६९ साल मंसिर २५ गते भएको निर्णय झिाउन समेत आदेश दिएको छ। 

आदेशमा आरोपितहरूलाई विशेष सरकारी वकिलको कार्यालय मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा चलाउने निर्णय गर्दाको फाइल, उजुरीसँगै सरकारी साक्षीहरूलाई झिकाउन पनि भनिएको छ। 

प्रतिबादीलाई पनि आफ्ना साक्षी पेश गर्न आदेश भएको छ। अब पतञ्जली अनियमितता प्रकरणमा अख्तियारबाट कागजात प्राप्त भएपछि मात्र सुनुवाई अघि बढ्ने छ । 
 
प्रकाशित मिति: १७:५५ बजे, सोमबार, मंसिर २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्